सांकेतिक तस्विर
कार्तिक २३ पोखरा । नेपालमा हालसम्म कोरोना संक्रमणबाट एक हजार एक सय बढीको ज्यान गुमेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट देशभरका २१ जनाको ज्यान गुमे संगै मृतकको संख्या बढेको हो । हालसम्म संक्रमणबाट एक हजार एक सय आठ जनाको ज्यान गुमेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
संक्रमणबाट शनिबार १७ जनाको ज्यान गुमेको थियो ।
यस्तै आइतबार देशभर २८ सय १७ जना कोरोना संक्रमित भएका छन । सोही अवधीमा २८ सय १२ जना डिस्चार्ज भएका छन् ।
सक्रिय संक्रमितको संख्या ३५ हजार चार सय १९ छ । संक्रमितमध्ये तीन सय ९८ जनाको आइसियू र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
#कोरोना संक्रमण #कोरोना संक्रमणबाट मृत्यु
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।