कार्तिक २३ पोखरा । गण्डकी प्रदेशमा एक हप्ताको अवधीमा एक हजार ४१८ जना संक्रमित थपिएका छन् ।
यस्तै सोही अवधीमा ५३१ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट एक साताको अवधीमा २७ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
आइतबार मात्रै प्रदेशका ८०१ जनामा गरिएको नमुना परिक्षणमा विभिन्न जिल्लाका १४१ जनामा संक्रमण पाइएको निर्देशनालयले अध्यावधिक गरेको विवरणमा उल्लेख छ । सोही अवधीमा १४ जना डिस्चार्ज भएका छन् । संक्रमणबाट वितेको २४ घण्टामा थप चार जनाको मृत्यु भएको छ । आजसम्म प्रदेशभर २८७ जना क्वारेन्टिनमा छन् ।
निर्देशनालयका अनुसार हालसम्म दुई हजार ७२५ जना पुरुष र १ हजार ४६० जना महिला आइसोलेसनमा छन् ।
जसमध्य कास्कीका एक हजार २२, नवलपुर वर्दघाट सुस्ता पूर्वका ४११, तनहुँका १९८, गोरखाका १०६ र बाग्लुङका ११ गरि एक हजार ७४८ जना होम आइसोलेसनमा रहेको निर्देश्नालयले जनाएको छ ।
प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या नौ हजार १५८ पुगेको छ । जसमध्य चार हजार ८६६ जना निको भएका छन् । एक सय सात जनाको मृत्यु भएको छ । हाल प्रदेशभर चार हजार १८५ जना सक्रिय संक्रमित छन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।