केही दिनयता पोखरा लगायत देशैभर अत्यधिक चिसो बढेको छ।
पोखरा लगायत देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ।
आज (सोमबार) बिहान पनि पोखराको न्यूनतम तापक्रक १२ दशमलव १ डिग्री सेल्सियसम झरेको छ। मौसम पूर्वानूमान महाशाखाले आज (सोमबार) को ११ दशमलव १३ डिग्री सेल्सियसम्म यहाँको न्यूनतम तापक्रम झर्ने अनुमान लगाएको छ । अधिकतम तापक्रम २६ दशमलव २ डिग्री सेल्सियस रहने बताएको छ।
त्यस्तै, आज काठमाण्डौको न्यूनतम तापक्रम जाडो सुरु भएयताकै कम ८ डिग्री सेल्सियसमा झरेको छ। हिँजो काठमाण्डौको न्यूनतम तापक्रम ८ दशमलव ७ डिग्री सेल्सियससम्म झरेको थियो।
केही दिनयता देशका अरु ठाउँको न्यूनतम तापक्रम पनि लगातारजस्तै नै घट्ने क्रम जारी छ। हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियसमा झरेको थियो। यस्तै जोमसोमको ५ डिग्री, जिरीको ३, डडेलधुराको ८ दशमलव ३ र ओखलढुंगाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको थियो।
काठमाण्डौमा भने २/३ वर्षको तुलनामा यो वर्ष छिट्टै जाडो महशुस भएको महाशाखाले जनाएको छ। अघिल्लो वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो।
सन् २०१८ मा पनि काठमाण्डौको आजको तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो।
हुम्लामा बरफ जम्न थाल्यो
हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ।
कार्तिक महिनाको दोस्रो हप्तादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो।
रातिको समयमा अत्याधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जम्न थालेको छ।
त्यहाँको तापक्रम माइनसमा झरेकाले बाल्टिनलगायत अन्य सामग्रीमा जम्मा गरेर राखेको पानीसमेत जमेर बरफ जम्न थालेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







