पोखराका १३० सहित गण्डकीमा सोमबार थपिए १९७ संक्रमित


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित




कार्तिक २४ पोखरा । सोमबार गण्डकी प्रदेशमा थप एक सय ९७ जनामा कोभिड–१९ कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले चार चरणमा विज्ञप्ती प्रकाशित गर्दै यस्को पुष्टि गरेको हो ।

निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनीहरुमा संक्रमणको पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकामा एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै नवलपरासी पूर्वमा २९ जनामा , स्याङजामा १६ जना , तनहुँमा १३ जना , पर्वतमा ३ जना , गोरखामा ४ जना र लमजुङमा २ जनामा संक्रमण देखिएको छ ।

निर्देशनालयले क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा ११६ जना, लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरा गरिएको परिक्षणमा २८ जनामा कोरोना पुष्टि भएको जनकारी गराएको थियो । ति मध्ये ९२ जना संक्रमित कास्कीका रहेका छन् ।

यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा २२ जना कास्कीका सहित २६ जनामा संक्रमण पाइएको छ । यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा प्रदेशका २७ जनामा संक्रमण देखिएको छ ।

यससँगै प्रदेशभर कोरोना संक्रमितको संख्या ९ हजार ३५५ पुगेको छ ।

यस्तै आज नै कोरोना संक्रमणबाट पोखरामा सोमबार थप चार जनाको मृत्यु भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ११ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।