लकडाउनपछिको करिब ८ महिनापछि नेपालगञ्ज म्याराथनबाट नेपालमा खेलकुद फर्कदैंछ।
आगामी मंसीरको ६ गते छैटौं संस्करणको नेपालगञ्ज म्याराथन हुने भएको हो।
नेपालगञ्ज म्याराथनका लागि नेपाल एथ्लेटिक्स संघबाट मान्यताप्राप्त राष्ट्रिय खेलकुद परिषद् राखेपले स्वीकृति दिइसकेको छ।
क्रिएटिभ ह्यान्डसले पत्रकार सम्मेलन गरेर मंसिर ६ गते नेपालगन्ज म्याराथन हुने जनाएको हो।
नेपालगन्ज म्याराथनको छैटौं संस्करणको विजेताले सन् २०२१ मा जापानमा हुने टोकियो ओलम्पिकमा सिधै सहभागिता जनाउन पाउनेछ।
यसले खेलाडीमा उत्सुकता थपिएको छ भने लकडाउनपछि खेलकुद गतिविधि नेपालगन्जबाटै सुरु हुने भएको छ।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालगन्ज म्याराथनलाई ओलम्पिक छनोटका रुपमा समेत लिएको छ। कोरोना महामारीका कारण एथ्लेटिक्सको ओलम्पिक छनोट हुन नसकेकोले यही म्याराथनलाई छनोटको रुपमा लिएको हो।
कोरोना भाइरस महामारीले गर्दा नेपाली खेलकुद गतिविधि प्रभावित भइरहेको बेला स्वास्थ्य मापदण्ड पालना गर्दै आगामी मंसिर ६ गते नेपालगन्ज म्याराथनको छैटौं संस्करण आयोजना हुँदैछ।
कोरानाकै कारण ठूलो जमघट गर्न उपयुक्त नभएका कारण यसपटक विगतको भन्दा म्याराथनमा समावेश स्पर्धा भने घटाइएको छ। यस पटकको म्याराथनमा पुरुष खुल्लातर्फ म्याराथन, महिलाको हाफम्याराथन र ३ किलोमिटरको कर्पोरेट रन मात्रै समावेश गरिएको छ।
नेपालगन्ज उपमहानगरपालिका नजिक बीपी चोकदेखि सुरु भई कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगी सोही रुट हुँदै पुनः बीपी चोकमा आएर म्याराथन पूरा हुने छ। म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुनेछन्।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालीन माओवादीबीचमा मंसिर ५ गते भएको विस्तृत शान्तिसम्झौताको स्मरण गर्दै हरेक वर्ष नेपालगन्ज म्याराथन हुने गरेको क्रिएटिभ ह्यान्डसले बताएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ९ नेपालीको महान चाँड बडादशैंको सन्दर्भ पारेर पोखराको लेकसाईडमा…







