पाकिस्तानमा वैवाहिक समारोह आयोजनाका लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ।
कोरोना भाइरसको दोस्रो चरणको संक्रमण बढ्दै गएपछि सरकारले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो।
संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेसनल कमाण्ड एण्ड अपरेसन सेन्टरले वैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो।
पाकिस्तानभित्र हुने जुनकुनै वैवाहिक समारोहमा सहभागी हुने सबैको ज्वरो परीक्षण गर्नुपर्ने, भोजनका बेला आफैं झिक्ने व्यवस्था गर्न नपाइने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्ने लगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ । साथै आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बर लगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्नेछ ।
पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६ सय ५० जना कोरोना भाइरसबाट संक्रमित भएका छन्। योसँगै पाकिस्तानमा अहिलेसम्म ३ लाख ४४ हजार ८ सय ३९ जना कोरोनाभाइरसबाट संक्रमित भइसकेका छन्।
त्यसैगरी, पाकिस्तानमा कोरोना भाइरसका कारण हालसम्म ६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।