कार्तिक २५ पोखरा । गण्डकी प्रदेशमा मंगलबार एक सय ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
विभिन्न प्रयोगशालामा ६३३ जनामा गरिएको परीक्षणमा एक सय पाँच पुरुष र ६१ महिला गरि एक सय ६६ जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देश्नालयले जनाएको छ ।
योसहित प्रदेशभर कोरोना संक्रमितको संख्या नौ हजार ५२१ पुगेको छ ।
निर्देश्नालयले आज साँझ अध्यावधिक गरेको विवरण अनुसार कास्कीका ९८ संक्रमित थपिएका छन् । जिल्लाका ३०२ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण भएको हो ।
यस्तै गोरखाका ११२ जनामा परीक्षण गर्दा २१, पर्वतका ७५ जनामा १३ तनहुँका १८ जनामा १२ र स्याङ्जाका ५५ जनामा गरिएको नमुना परीक्षणमा ११ जनामा संक्रमण भेटिएको छ ।
त्यस्तै बाग्लुङका २९ मा ७ जना र म्याग्दीका १६ जनामा परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण भएको छ ।
हालसम्म प्रदेशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या चार हजार ९६५ पुगेको छ । निर्देशनालयका अनुसार सोही अवधीमा १९ जना डिस्चार्ज भएका छन् ।
हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट एक सय १२ जनाको मृत्यु भएको छ । आज मात्रै कोरोनाबाट एक संक्रमितको मृत्यु भएको छ ।
हाल प्रदेशभर संक्रिय संक्रमितको संख्या चार हजार ४४४ छ । तिमध्य एक हजार ७५२ जना होम आइसोलेसनमा छन् ।
निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर ९७ हजार १६७ जनाको पिसिआर परीक्षण भएको छ । ती मध्य ८७ हजार ६४६ जनाको नतिजा नेगेटिभ आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।