आचार्य दम्पती
कोरोना रोकथाम तथा नियन्त्रणका लागि फ्रण्टलाईनमा बसेर खटिदै आएका पोखरा महानगरपालिकाका स्वास्थ्य अधिकृत हरिलाल आचार्य दम्पती संक्रमण मुक्त भएका छन् । महानगरपालिका भित्र कोरोना नियन्त्रणका लागि दिनरात खटिदै आएका आचार्य र उनकी श्रीमती तीलकुमारी आचार्य आज मंगलबार कोरोना संक्रमण मुक्त भएका हुन् । आफूहरु दुबै संक्रमण भएको १५ दिनमा कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य अधिकृत हरिलाल आचार्यले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै जनाएका छन् ।
कोरोना नियन्त्रणका लागि खटिदाखटिदै अनपेक्षित रुपमा संक्रमण भएको भन्दै उनले चाँडै कोरोनालाई जितेर कार्यक्षेत्रमा फर्किने बताएका थिए । नभन्दै उनी १५ दिनमै कोरोना संक्रमण मुक्त भएर काममा फर्किने भएका छन् । उनले आफू होम आइसोलेसनमा रहँदामापनि महानगर कार्यालयमा रहँदा गरिने स्वास्थ्य सम्बन्धी काम आफूले सक्दो गरेको बताएका छन् ।
स्वास्थ्य अधिकृत आचार्यले कोरोनासँग बच्न साबधानी र सतर्कता अप्नाउन महानगरवासी सम्पूर्ण सर्वसाधारणमा आग्रह गर्दै संक्रमण भईहालेपनि कत्तिपनि नआत्तिन आग्रह गरेका छन् । साथै आचार्यले संक्रमितलाई माया, सदभाव र सहयोग गर्नपनि आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।