कार्तिक २५ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको छ ।
कोरोनाबाट तनहँुका थप एक पुरुषको मृत्यु भएसंगै प्रदेशमा संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय १२ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत कार्तिक १२ गते कोरोना संक्रमण भएका तनहुँको भिमाद नगरपालिका ९ का ६३ वर्षिय पुरुषको कार्तिक २० गते मृत्यु भएको निर्देशनालयले आज विज्ञप्ती मार्फत जनाएको छ ।
यसअघि तनहुँमा कोरोनाबाट १५ जनाको मृत्यु भएको थियो ।
यस्तै प्रदेशको कास्कीमा ४९, नवलपुरमा १९, स्याङ्जामा ९, बाग्लुङ र गोरखामा ८–८, म्याग्दीमा २, पर्वत र लमजुङमा एक–एक जनाको मृत्यु भइसकेको छ ।
यता देशभर आज मात्रै संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुने संक्रमितको संख्या एक हजार एक सय ४८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।