
कार्तिक २६ पोखरा । कास्कीको रुपा गाउँपालिकामा कारोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
रुपा गाउँपालिका–५ घर भएका ७२ वर्षका ति पुरुषमा गत कार्तिक २४ गते कोरोना पुष्टि भएको थियो । उनको आज विहान ८ :३० बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
कोरोनाबाट हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय १३ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।