कार्तिक २५ काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २ लाख नाघेको छ ।
बुधबार देशभर दुई हजार ५६९ जनाम कोरोना संक्रमित थपिएसंगै हालसमम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख दुई हजार ३२९ पुगेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज थपिने मध्य एक हजार ५६२ जना पुरुष र एक हजार सात जना महिला छन् । देशभर दश हजार ८१ जनामा गरिएको नमुना परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै सोही अवधीमा एक हजार ६६६ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।
यस्तै कोरोना संक्रमणबाट हालसम्म एक हजार १७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ ।
अब देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २८ हजार ३९३ जना होम आइसोलेसनमा छन् भने ३८२ जनाको आईसीयू र ९५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







