कोरोना भाइरसको संक्रमणबाट विश्वमै सबैभन्दा प्रभावित संयुक्त राज्य अमेरिकामा दैनिक संक्रमण पनि सबैभन्दा बढी छ।
विगत केहि साता अघिदेखि अमेरिकामा संक्रमण विगतको तुलनामा व्यापक रुपमा बढेको छ।
अमेरिकामा एकैदिनमा करिब १ लाख भन्दा बढिको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिने गरेका छन्।
बुधबार मात्रै अमेरिकामा एकैदिन १ लाख २६ हजार भन्दा बढिलाई कोरोना संक्रमण भएको समाचार छ।
अमेरिकामा भएको राष्ट्रपति निर्वाचनको दौरान भएका प्रचार प्रसार लगायतका सार्वजनिक कार्यक्रमहरुले पनि संक्रमण बढाएको अनुमान गरिएको छ।
अमेरिकामा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ५५ लाखको हाराहारीमा पुगिसकेको छ ।
संक्रमणकै कारण मृत्यु हुनेको संख्या २ लाख ४५ हजार नाघिसकेको छ।
संक्रमितको संख्याको आधारमा दोस्रो बढी प्रभावित मुलुक भारत हो । भारतमा पनि दिनहुँ करिब ५० हजारको संख्यामा हाराहारीमा कोरोना भाइरसको नयाँ संक्रमितहरु थ्पिदोँ अवस्थामा छ।बुधबार मात्रै पनि भारतमा ४४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन्।
भारतमा हालसम्म ८६ लाख बढी संक्रमित भइसकेका छन् भने १ लाख २७ हजार बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ।
पछिल्लो समय युरोपेली मुलुकहरुमा संक्रमण व्यापक रुपमा बढेको छ। दोस्रो लहरको संक्रमण अन्तर्गत फ्रान्स, इटाली, स्पेन, जर्मनी, पोल्याण्ड लगायतका मुलुकमा दैनिक २० हजारभन्दा बढी छ ।
विश्वमा हालसम्म कोरोना संक्रमितको संख्या ५ करोड १७ लाख नाघेको छ भने मृत्यु हुनेको विश्वव्यापी तथ्यांक पनि १२ लाख ७८ हजार भन्दा बढी छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ९ कास्कीको रुपा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करीब…






