कार्तिक २७ पोखरा । पोखराका ५९ जना सहति गण्डकी प्रदेशमा थप एक सय ४५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहीबार विज्ञप्ती जारी गर्दै यस्को पुष्टि गरेको हो ।
निर्देशनालयका अनुसार बिहीबार दिउँसोसम्म कास्कीको पोखरा महानगरका ५९ , तनहुँका ४७, स्याङ्जाका १३, लमजुङका ८, बाग्लुङका ५, मुस्ताङ र नवलपुर वर्दघाट सुस्ता पूर्वका ३–३ जनामा संक्रमण पाइएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरा, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।
क्षयरोग उपचार केन्द्र पोखराबाट १०६ जना, लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रा.लि. पोखरामा २७ जना, र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा १२ जनामा संक्रमण पाइएको हो ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या नौ हजार ८४८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







