नवलपुरका थप ५ जनामा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




कार्तिक २८ पोखरा । गण्डकी प्रदेशको नवलपुर वर्दघाट सूस्ता पूर्वका थप पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

भरतपुर अस्पताल चितवन र चितवन मेडिकल कलेज, चिवतनमा गरिएको नमुना परीक्षणमा पाँच जनामा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको हो ।
जिल्लाको गैंडाकोट नगरपालिकाका एक महिला सहित चार पुरुष र हुप्सेकोटका एक महिलामा संक्रमण भएको निर्देशनालयक निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सहित हालसम्म गण्डकी प्रदेशमा नौ हजार ९०८ जनामा कोरोना संक्रमण भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।