डा पोखरेलद्वारा राजीनामा


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




गण्डकी विश्वविद्यालयका बोर्ड अफ ट्रस्टीका सदस्य डा जगदीशचन्द्र पोखरेलले शुक्रबार पदबाट राजीनामा दिएका छन । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा शहरी विकास विज्ञ ट्रस्टीका सदस्य डा पोखरेलले आफ्नो अन्तस्करणले सो पदमा रहन अनुपयुक्त बोध गरेकाले राजीनामा दिइएको उनले जारी गरेका विज्ञप्तिमा उल्लेख छ । डा पोखरेलले बोर्डको सल्लाहअनुसार काम हुन नसक्नु, बोर्डको गरिमाको ख्याल नहुनुजस्ता घटनाले साक्षी मात्र बस्न पदमा रहन उपयुक्त नदेखिएको स्पष्ट गरेका छन । डा पोखरेलले विश्वविद्यालयका कुलपति डा गणेशमान गुरुङलाई पत्र लेख्दै सो पदबाट राजीनामा दिइए पनि आफूले प्रदेश तथा विश्वविद्यालयको विकासमा सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन। रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।