कार्तिक २८ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचाररत आठ जना ‘डिस्चार्ज’ भएका छन् ।
प्रतिष्ठान अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचारका लागि भर्ना भएका उनीहरु संक्रमण मुक्त भई आज ‘डिस्चार्ज’ भएको प्रष्ठिानले जानकारी दिएको छ ।
प्रतिष्ठानका अनुसार पोखराका पाँच , स्याङ्जाका २, पर्वतका एक छन् ।
पोखरा–५का ४५ वर्षिय पुरुष, पोखरा–१३ का ७० वर्षिय पुरुष, पोखरा–९ का ५३ वर्षिय पुरुष र पोखरा–१० का ७७ वर्षिय पुरुष डिस्चार्ज भएका हुन् ।
यस्तै स्याङ्जाको अर्जुनचौपारी–१ का ६५ वर्षिय पुरुष, वालिङ–९ का ७१ वर्षिय पुरुष र पर्वतको जलजला गाउँपालिका–४ का ४५ वर्षिय पुरुष संक्रमुक्त भई घर फर्किएको अस्पतालका निर्देशक डाक्टर अर्जुन आचर्यले जानकारी दिएका छन् ।
यस्तै संक्रमणमुक्त भएका पोखरा महानगरपालिका– १० का ७७ वर्षिय पुरुषलाई मेडिकल वार्डमा सारिएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







