२१११ मा कोरोना संक्रमण, ३५३७ ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित




कार्तिक २८ काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार १११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५३३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार ५३७ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ रहेको छ ।

यस्तै गएको २४ घण्टामा १३ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय दुई पुगेको छ ।

अब नेपालमा ३७ हजार २२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै नौ सय ८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।