पोखरामा कोरोनाबाट थप दुई जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




प्रतीकात्मक तस्विर ।


कार्तिक २८ पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुई जनाको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उनीहरुको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको
निर्देशनालयका अनुसार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय पुरुषको मृत्यु भएको हो ।

गत कार्तिक २८ गते कोरोना संक्रमण भएकी महिलाको आज बिहान कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनमा कोभिड सहित निमोनिया तथा स्वास प्रस्वासमा समस्या रहेको थियो ।

यस्तै केन्द्रमा उपचाररत पोखरा १८ का ४८ वर्षिय पुरुषको आज बिहान ९ :३० बजे मृत्यु भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

मृतक पुरुषमा कोभिड, निमोनिया तथा स्वासप्रस्वासमा समस्या रहेको जनाइएको छ । उनी कार्तिक २६ गते कोरोना संक्रमित भएका थिए ।

यस अघिपनि आज नै पोखरा र स्याङ्जाका तीन जनाको मृत्यु भएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।