कार्तिक २९ पोखरा । कोरोना संक्रमणबाट कास्कीको पोखरा र स्याङ्जाका पाँच जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कास्कीको पोखरा महानगरका चार जना र स्याङ्जाको वालिङ नगरपालिका–१४ का एक जना पुरुष छन् ।
निर्देशनालयका अनुसार पोखराको गण्डकी मेडिकल कलेज, पोखरामा उपचाररत पोखरा–१४ ६३ वर्षिय पुरुष, सोही अस्पतालमा उपचाररत स्याङ्जाकाको वालिङका २४ वर्षिय पुरुष छन् ।
यस्तै, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सञ्चालित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–२६ का ७२ वर्षिय महिला र पोखरा–१८ का ४८ वर्षिय पुरुषको मृत्यु भएको निर्देशनालयका निर्देशक डा. बिनोद विन्दु शर्माले जानकारी दिए ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।