गण्डकी ५ हजार बढी सक्रिय संक्रमित, आज थप ६१ जना ‘डिस्चार्ज’


     एभरेस्ट आवाज    
     कार्तिक २९ गते २०७७ मा प्रकाशित




कार्तिक २९ पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या पाँच हजार एक सय बढी रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयले शनिबार साँझ कोभिड–१९ सम्बन्धी अध्यावधिक विवरण सार्वजनिक गर्दै प्रदेशभर सक्रिय कोरोना संक्रमितको संख्या पाँच हजार १०२ पुगेको पुष्टि गरेको हो ।
ती मध्य एक हजार ८९५ जना होम आइसोलेसनमा छन् ।

होम आइसोलेसनमा रहेका मध्य सबै भन्दा बढी कास्कीमा एक हजार १०१ जना, नवलपुर वर्दघाट सुस्ता पूर्वमा ४११, तनहुँमा १९८, गोरखामा १२१, पर्बतमा ५४ र बाग्लुङमा १० छन् ।
निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेशमा हालसम्म १० हजार २८५ जनामा कोरोना संक्रमण भएको छ । तीमध्य पाँच हजार ६० जना संक्रमणमुक्त भई ‘डिस्चार्ज’ भएका छन् भने १२३ जनाको मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार २७९ जनामा गरिएको नमुना परीक्षणमा प्रदेशका २१० जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । सोही अवधीमा ६१ जना ‘डिस्चार्ज’ भएका छन् । यस्तै आज कास्की र स्याङ्जाका गरि थप ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।
आज थपिएका संक्रमित मध्य सबैभन्दा बढी कास्कीका छन् । कास्कीका ६२२ जनामा गरिएको परीक्षणमा १४८ जना थपिएका हुन् ।

यस्तै पर्वतका १८ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ । जिल्लाका ६८ जनामा गरिएको परीक्षण उनीहरुमा संक्रमण पाइएको हो । यस्तै तनहुँका १६२ जना गरिएको परीक्षणमा १४, गोरखाका १८४ जनामा ६, म्याग्दीका ६८ जनामा १०, स्याङ्जा र लमजुङका १३ र ४३ जनामा गरिएको परीक्षणमा ५–५ त्यस्तै बाग्लुङका ६७ मा ४ जनामा कोरोना संक्रमण पाइएको हो । आज थपिएका मध्य १३२ पुरुष र ७८ महिला छन् ।

निर्देशनालयका अनुसार हालसम्म सबैभन्दा बढी सक्रिय संक्रमित कास्कीमा छन् । जिल्लामा संक्रमण पुष्टि भएका चार हजार १३७ मध्य ८१५ जना संक्रमणमुक्त भएका छन् , ५८ जनाको मृत्यु भएको छ । भने तीन हजार २६४ जना आइसोलेसनमा छन् ।

यस्तै नवलपुरका दुई हजार १७ जना संक्रमित मध्य एक हजार ३४४ जना डिस्चार्ज भएका छन् । कोरोनाबाट १९ जनाको मृत्यु भएको छ भने ६५४ जना आइसोलेसनमा छन् ।

तनहुँमा आइसोलेसनमा रहने संक्रमितको संख्या ३२९ पुगेको छ । जिल्लामा संक्रमणको पुष्टि भएका एक हजार ५८ जनामध्य ७१४ जना कोरोनामुक्त र १५ जना संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै बाग्लुङमा ६१२ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा ७५७ जनामा कोरोना देखिएकामा आठ जनाको मृत्यु भएको छ । हाल १३७ जना सक्रिय संक्रमित त्यहाँ रहेका छन् ।

यस्तै स्याङ्जामा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । जिल्लामा ६४८ जना संक्रमित मध्य ५४५ जना निको भएका छन् । स्याङ्जामा अब ९३ जना आइसोलेसनमा रहेको जनाइएको छ ।

त्यसैगरि गोरखामा हालसम्म ६३९ जनामा कोरोना संक्रमण पाइएको छ । तीमध्य २४७ जना यसअघि निको भएका छन् । त्यस्तै कोरोनबाट आठ जनाको मृत्यु हुँदा ३८४ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म ६०४ जनामा कोरोना संक्रमणको पुष्टि भएको लमजुङमा ५२८ जना संक्रमणमुक्त र एक जनाको मृत्यु भएको छ । अहिले त्यहाँ ७५ जना निको हुने क्रममा रहेको निर्देशनालयद्वारा जारी विवरणमा भनिएको छ ।

यस्तै म्याग्दीका १३५ संक्रमित मध्य १८३ जना निको भएको बताइएको छ । जिल्लामा कोरोनाबाट तीन जनाको मृत्यु र ४९ जना सक्रिय संक्रमित छन् ।

हालसम्म १२ जना मात्रै संक्रमित भएको मुस्ताङमा ११ जना आइसोलेसन र एक जनाले स्वास्थ्य लाभ गरिसकेका छन् ।

भने मनाङका ९ संक्रमितमध्य सबै निको भइसकेको विवरणमा उल्लेख गरिएको छ ।

निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर एक लाख ५०८ नमुना पिसीआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।