कोरोना भाइरस विरुद्ध आफ्नो कम्पनीले विकास गरेको खोप प्रभावकारी रहेको अमेरिकी कम्पनी मोडेर्नाले दाबी गरेको छ।
मोडेर्नाले दाबी गरेको छ, ‘कम्पनीले विकास गरेको खोप कोरोना भाइरसविरुद्ध ९५ प्रतिशत प्रभावकारी रहेको प्रारम्भिक नतिजाले देखाएको छ। यो सफलतासँगै खोपको माध्यमबाट कोरोना महामारी नियन्त्रण हुने आशा बढाएको छ।’
यसअघि अर्को अमेरिकी कम्पनी फाइजरले पनि आफूले विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो।
रुसले विकास गरेको कोरोना खोप ‘स्पुतनिक भी’ पनि कोरोना भाइरसविरुद्ध ९० प्रतिशतभन्दा धेरै प्रभावकारी रहेको दाबी गरेको थियो।
मोडेर्नाले आफ्नो कोरोना खोपको परीक्षणका नतिजा सार्वजनिक गर्न पाउनु निकै ठूलो खुसीको दिन भएको बताएको छ।
साथै, अबको केही सातामै खोपको अनुमोदनका लागि आवेदन दिने जनाएको छ। मोडेर्नाले खोपको तेस्रो चरणको परीक्षणको क्रममा ३० हजार मानिसहरुमा परीक्षण गरेको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






