कोरोनाबिरुद्धको खोप ल्याउने बाटो खोल्न अध्यादेश जारी


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




तस्वीर : फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीले औषधीसम्बन्धि अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार नेपाल औषधी (तेश्रो संसोधन) अध्यादेश २०७७ जारी गरेकी हुन् । नेपाल सरकार, मन्त्री परिषद बैठकले गरेको सिफारिसलाई राष्ट्रपतिले तोक लगाउँदै अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

नेपाल औषधी औषधी (तेश्रो संसोधन) अध्यादेश २०७७ जारी भएसँगै कोरोनाबिरुद्धको खोप ल्याउन बाटो खुलेको छ । अब कोरोनाबिरुद्धको खोप सफल भएर विक्री वितरण शुरु भएमा नेपालमा ल्याउन पाईने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले कोरोनाबिरुद्धको खोपको परीक्षण सफल हुनासाथ नेपालमा ल्याउनका लागि अध्यादेश ल्याएको बताइसकेका छन् ।

सरकारले संसद अधिवेशन नभएमा अध्यादेशमार्फत नया कानून ल्याउने गर्दछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।