पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत १९ संक्रमित डिस्चार्ज


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मंसिर ३ पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत १९ जना संक्रमित डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेमध्य १७ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् भने दुई जना होम आइसोलेसनमा रहने गरि डिस्चार्ज भएका छन् ।

प्रतिष्ठानमा कोरोना संक्रमण पछि उपचारका लागि भर्ना भएका उनीहरु .कार्तिक २९, ३० र मंसिर ३ गते डिस्चार्ज भएको प्रतिष्ठानद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

प्रतिष्ठानका अनुसार पोखरा–१६ की ८५ वर्षिया महिला, पोखरा– ११ की १८ वर्षिय किशोरी, पोखरा–१५ का ४१ वर्षका पुरुष, पोखरा–१४,का ४० वर्षिय पुरुष, लमजुङको क्वहोलासोथार–८ का ७७ वर्षिय पुरुष, स्याङ्जाको भिरकोट–६ का ६१ वर्षका पुरुष, तनहुँको व्यास–२ का ६३ वर्षिया महिला र स्याङ्जाको पुतलीबजार–१० का ३६ वर्षिया महिला कार्तिक २९ गते डिस्चार्ज भएका हुन् ।
यस्तै दुई जना संक्रमित पुरुष घरमा नै आइसोलेसनमा रहनेगरि डिस्चार्ज भएको प्रतिष्ठानले जनाएको छ । उनीहरुमध्य पोखरा–१४ का ३६ वर्षिय र तनहुँको व्यासका ४८ वर्षिय संक्रमित गत कार्तिक ३० गते डिस्चार्ज भएका हुन् ।

यसैगरि बुधबार एकै दिन ९ जना संक्रमणमुक्त भई घर फर्किएका छन् । यसरी डिस्चार्ज हुनेमा पोखरा–१४ का ५० वर्षिय पुरुष, पोखरा–१३ का वर्ष ३९ की महिला, पोखरा–११ का वर्ष ५५ महिला, र पोखरा–८ का वर्ष ६१ का पुरुष छन् ।

यस्तै स्याङ्जाको गल्याङ–८ का ६३ वर्षिया महिला र ३८ वर्षिय पुरुष र पुतलीबजारका २५ वर्षिय पुरुष छन् । भने तनहुँको म्याग्दे–४ का ६९ वर्षिया महिला, व्यास नगरपालिका–१ का ६६ वर्षिय पुरुष संक्रमणमुक्त भइ घर फर्किएको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।