कास्कीका ३१ सहित गण्डकीका ५१ जनामा कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     मंसिर ३ गते २०७७ मा प्रकाशित




मंसिर ३ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ५४८ पुगेको छ ।
बुधबार प्रदेशभर थप ५१ जनामा संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या बढेको हो ।

१९० जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जानएको छ ।

यसरी थपिनेमा कास्कीका ३१ जना, स्याङ्जाका ९, तनहुँका ५, गोरखाका ३ र म्याग्दीका ३ जना छन् । उनीहरुमध्य ३१ जना पुरुष छन् भने २० जना महिला छन् ।

यस्तै सोही अवधीमा ११५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म प्रदेशभर पाँच हजार ७३६ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२७ पुगेको छ ।

यो सहित अब गण्डकी प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या चार हजार ६८५ छ । तीमध्य तीन हजार ४२८ जना होम आइसोलेसनमा छन् ।

निर्देशनालयका अनुसार सबैभन्दा बढी कास्कीका २ हजार ६२२ जना होम आइसोलेसनमा छन् । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका ४११, तनहुँका १९८, गोरखाका १३३, पर्वतका ५४ र बाग्लुङमा १० जना होम आइसोलेसनमा छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।