ओलीले भने : ‘आरोप सहि भए म हट्छु, गलत भए प्रचण्ड हट्नुपर्छ’


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित




प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रथम अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएको आरोप गलत ठहरिए प्रचण्ड अध्यक्षबाट हट्नुपर्ने बताएका छन् । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका प्रथम अध्यक्ष ओलीले प्रचण्डको आरोप झूठो भएको जिकिर गर्दै भने,‘आरोप प्रमाणित भए म पदबाट हट्छु, तर आरोप सहि नठहरिए प्रचण्ड हट्नुपर्छ ।’

ओलीले आफूलाई दुबै पदबाट हटाउने तयारी भइरहेको बताए । उनले आफूलाई पदबाट हट् भनिरहँदा आफूले अर्का अध्यक्षलाई पदबाट हट् भन्दा के हुन्छ भनेर प्रश्नसमेत गरेका छन् । उनले आफूले त्यसो भन्दा अर्को वातावरण तयार हुने भन्दै त्यो एकता बिरोधी हुने संकेत गरे ।

ओलीले आरोप बोकेर पदमा बसिरहन नमिल्ने भन्दै कित सो आरोप पुष्टि हुनु पर्ने नत्र खारेज हुनुपर्ने बताएका छन् । उनले दुबै पक्ष मिलेर मात्रै पार्टी बचाउन सकिनेपनि जिकीर गरे ।

ओलीले आफ्नो राजनीतिक जीवन नै सिध्याउन गरी आरोप लगाइएको भन्दै ति सम्पूर्ण आरोप खारेज गर्ने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।