मंसिर ४ स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकाले जनस्वास्थ्य विपद घोषणा गर्दै अत्यावश्यक बाहेकका सेवा एकहप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।
वालिङ नगर कार्यपालिकाको बिहिवार बसेको बैठकले वालिङ नगरपालिकाका १४ वटै वडामा सङ्क्रमणको दर बृद्धि भएसँगै जोखिम न्यूनिकरणका लागि एकहप्ता बन्द गर्ने निर्णय गरेको हो । नगरपालिकाले ५ गते शुक्रवार राती १२ बजे देखि १२ गते शुक्रवार राती १२ बजे सम्म लागु हुनेगरी अत्यआवश्यक बाहेक सबै सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
वालिङस्थित गह«ौं प्राथमिक अस्पतालको ‘¥यापिड रेस्पोन्स टिम’ को बैठकले वालिङमा कोभिड सङ्क्रमित विरामीको संख्या बढ्दै गएकोले १० दिन बन्दाबन्दी गर्न सिफारिस गरेको र नगरस्तरीय कोभिड १९ सङ्क्रमण ब्यवस्थापन केन्द्रको सिफारिसका आधारमा नगर कार्यपालिकाको बैठकले ‘जनस्वास्थ्य विपद’ घोषणा गरी एकहप्ता बन्द गर्ने निर्णय गरेको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
जनस्वास्थ्य ऐन २०७५ को दफा ४८ को उपदफा ४ एवं जनस्वास्थ्य नियमावली २०७७ को नियम २७ को उपनियम ४ ले दिएको अधिकार प्रयोग गरी जनस्वास्थ्य विपद घोषणा गरिएको नगर प्रमुख खाँणले बताए ।
वालिङमा हालसम्म एकसय ६९ जना सङ्क्रमित भएकामा एकसय ४३ जना निको भएर घर फिर्ता गएका छन् भने हाल २३ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा रहेका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए । हालसम्म वालिङका तीन जनाको कोभिडका कारण मृत्यु भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







