यस वर्षको राष्ट्रिय कविता महोत्सव यही मंसीरको २९ गते काठमाडौँमा आयोजना गर्ने नेपाल प्रज्ञा–प्रतिष्ठानले जनाएको छ।
प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको उक्त प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगन गरिएको थियो।
प्रतिष्ठानका काव्य विभाग प्रमुख प्राडा हेमनाथ पौडेलले अब भौतिक दूरी कायम गरी महोत्सव आयोजनाका लागि नयाँ मिति तय गरिएको जनाएका छन्।
प्रतिष्ठानले विसं २०२२ देखि महोत्सव आयोजना गर्दै आएको छ।
यसअघि विसं २०७२ मा गोरखा भूकम्प जाँदा कविता महोत्सव स्थगित भएको थियो।
प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत वृद्धि गर्ने निर्णय गरेको छ।
सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायका अनुसार प्रथमलाई ५० हजार, द्धितीयलाई ४० हजार र तृतीय तीन जनालाई जनही ३०/३० हजार नगदसहित पदक र प्रमाणपत्र प्रदान गरिने छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । गण्डकी प्रदेशमा नसर्ने रोगका बिरामीको संख्या बढ्दै गएको तथ्याङ्क सार्वजनिक…






