पूर्व महिला तथा बालिका मन्त्री तथा गण्डकी प्रदेश सांसद कुमार खड्काले नेपाली कांग्रेसले १ घर १ पिसीआरको विरोध गर्नेहरु अहिले बेड नपाएर छटपटिएर बस्नुपरेको टिप्पणी गरेका छन् । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रममा परेका योजनाहरु सार्वजनिक गर्न आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले हिजो १ घर १ पिसीआरको विरोध गर्नेहरु अहिले आफै विरामी हुँदासमेत बेड नपाएर छटपटिएर बस्नुपरेको बताएका हुन् । कांग्रेसले गण्डकी प्रदेशमा कोरोनाको स्थिति बुझ्न १ घर १ पिसीआर गरौं भनेर संकल्प प्रस्ताव ग¥यो तर त्यसलाई मजाक ठानेर विरोध गरे,‘उनले भने,‘त्यो प्रस्ताव एकदमै जायज भएपनि सत्तापक्षले फेल गरायो, त्यसबेला कांग्रेसको उक्त प्रस्तावको विरोध गर्नेहरु नै अहिले अस्पतालमा बेड नपाएर छटपटिएर बस्नुपरेको छ ।
कांग्रेसले कोरोनाबारे गरेको पूर्वअनुमान अहिलेको मिलेको भन्दै पहिले भनेको नमान्दा अहिले कोरोनाको स्थिति भयावह बनेको उनको भनाई छ । उनले सरकारलाई जिम्मेवार बनाउन शुरुमा सुझाव दिने र सल्लाह दिने र त्यसपछिपनि नभए दवाब दिएर बाध्य बनाउने बताए ।
सांसद खड्काले पहिले १५ हजारमा गरिने पिसीआर अहिले किन २ हजारमा झ¥यो भनेर संसदमा आवाज उठाउने बताए । हिजो १५ हजार पर्ने अहिले कसरी २ हजारमै गर्न सकिने भयो,‘उनले भने,‘दुई हजारमै गर्न सकिने भए पहिले किन गरिएन ? ।’ सांसद खड्काले उनले पिसीआरमा कमिसन र भ्रष्टाचारको गन्ध आएको भन्दै उनले थपे,‘सरकारले कमिसन बिना, भ्रष्टाचार बिना गरोस् ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ३, नदीपुरमा भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११…





