बागलुङका दीपक केसी पोखराको पृथ्वीचोकस्थित बसपार्कमा मृत अवस्थामा फेला परेका छन्।
काकडभिट्टाबाट सोमबार पोखरा आएका २८ वर्षीय केसी मंगलबार विहान साढे ९ बजे पोखराको पृथ्वीचोकस्थित बसपार्कमा मृत अवस्थामा भेटिएका थिए।
केसी काकडभिट्टाबाट बा ३ ख ९६२१ नं को बस चढेर पोखरा आएका थिए ।
बसपार्क छिर्ने गल्लीमा केसी उत्तानो अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुखबाट रगत बगेको अवस्थामा केसी मृत फेला परेको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







