मंसिर १० काठमाण्डौ । बुधबार देशभर एकैदिन तीन हजार एक सय ४० जना सङ्क्रमणमुक्त भएका छन् ।
यो संगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ ।
सोही अवधीमा एक हजार नौ सय ४८ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म कोरोना संक्रमणको पुष्टि हुनेको संख्या दुई लाख २६ हजार २६ पुगेको छ ।
यसरी थपिनेमा ७७४ महिला र ११७४ जना पुरुष छन् । ९ हजार २१० जना गरिएको नमुना परिक्षणमा उनीहरु संक्रमित भएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप २८ जनाको मृत्यु भएको छ । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार तीन सय ८९ पुगेको छ ।
अब नेपालमा १६ हजार ६ सय ३९ जना सक्रिय कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्याङ्क छ । यस्तै हाल देशभर ६६९ जना क्वारेन्टिनमा छन् ।
मन्त्रालयका अनुसार हाल काठमाण्डौं, भक्तपुर , ललितपुर र कास्कीमा पाँच सयभन्दा बढी संक्रमित छन् भने मनाङ, डोल्पा र मुगुमा संक्रमितहरुको संख्या शून्य रहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







