पोखरामा कोरोनाबाट थप २ को मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

मंसिर ११ पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा र कास्की सेवा अस्पतालमा उपचाररत पोखरा र लमजुङको संक्रमितको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१३ का ६६ वर्षिय महिलाको गएराति ९ : ३० बजे उपचारको क्रममा मृत्यु भएको हो । उनमा यहि मंसिर ७ गते संक्रमण पुष्टि भएको थियो ।

यस्तै कास्की सेवा अस्पतालमा उपचाररत मध्यनेपाल नगरपालिका – ७ का ८७ वर्षिया महिलको बुधबार राती २ : ३० मा मृत्यु भएको छ । उनमा मंसिर ९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४४ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।