गोरखाकी ७५ वर्षिय बृद्धाको कोरोनाबाट मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित




मंसिर १३ गोरखा । कोरोना संक्रमणबाट गोरखाकी ७५ वर्षिय बृद्धाको मृत्यु भएको छ ।

संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षिय बृद्धाको गएराती साढे ८ बजे मृत्यु भएको जिल्ला अस्पताल गोरखाले पुष्टि गरेको छ ।
यही मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सघन उपचारकक्षमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।


उनमा कोभिड सहित निमोनिया लगायतका समस्या भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नविन थापाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।