ओलीको पनि लिखित प्रस्ताव पेश, छलफलका लागि मंगलबार पुनः बैठक बस्ने


     एभरेस्ट आवाज    
     मंसिर १३ गते २०७७ मा प्रकाशित




सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहीबेर अगाडी सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिखित रुपमा आफ्नो लिखित जवाफ पेश गरेका छन् ।

यसअघि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदनको जवाफ स्वरुप ओलीले लिखित विचार पेश गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

दुबै अध्यक्षले पेश गरेको प्रतिवेदन अध्ययन गरेर आगामी मंगलबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहिमा अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।शनिबारको बैठकमा अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतमले धारणा आफ्नो धारणा राखेका थिए ।

यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।