२ हजार ७३ जनामा कोरोनामुक्त, १ हजार ३०४ सङ्क्रमित थपिए


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित




मंसिर १६ काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७३ जना कोरोनामुक्त भएका छन् ।

यो सहित नेपालमा संक्रमणमुक्त हुनेको सङ्ख्या २ लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३०४ जनामा सङ्क्रमण पुष्टि भएको छ । यो सहित हालसम्म कोरोना संक्रमण हुनेको संख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेको छ ।

आठ हजार पाँच सय ८३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पाइएको हो ।

त्यस्तै गएको २४ घण्टामा थप २१ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय २९ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।