फाइल तस्विर
पोखरा । पोखराका थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कारोना संक्रमण पछि पोखराका विभिन्न अस्पतालमा भर्ना भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
संक्रमणबाट मृत्यु हुनेमा पोखराको गैह्रापटनस्थित फिस्टेल अस्पतालमा उपचाररत दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना छन् ।
उनीहरुमध्य पोखरा–११ की ७२ वर्षिय महिलाको शुक्रबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । फिस्टेल अस्पतालमा उपचाररत उनमा यही मंसिर १८ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
यस्तै सोही अस्पतालमा उपचाररत पोखरा–१२ का अर्का ८० वर्षिय वृद्धको पनि संक्रमणकै कारण आज दिउँसो १२ बजेर १५ मिनेटमा मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा गत कार्तिक १६ गते कोरोना संक्रमण पाइएको थियो ।
त्यसैगरि, पश्चिमाञ्चाल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा–१७ का ५७ वर्षिय पुरुषको पनि संक्रमणबाटै मृत्यु भएको छ । गत कार्तिक २८ गते कोरोना संक्रमणको पुष्टि भएका उनको आज बिहान ४ बजे मृत्यु भएको हो ।
यो संगै कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा ज्यान गुमाउनेको संख्या १६६ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ती मार्फत जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







