गण्डकी प्रदेशमा ५ हजार बढी आइसोलेसनमा, पछिल्लो २४ घण्टामा कास्कीका ५९ जनामा कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ५ हजार १४० रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले शनिबार साँझ अध्यावधिक गरेको विवरण अनुसार सबैभन्दा बढी कास्कीमा ३ हजार ६२१ जना सक्रिय संक्रमित छन् । यस्तै गोरखामा ५२१, पर्वतमा १४७, नवपुर वर्दघाट सुस्ता पूर्वमा १४६, बाग्लुङमा १२०, स्याङ्जामा ५३, म्याग्दीमा ३४, र मुस्ताङमा ३१ जना आइसोलेसनमा छन् । यस्तै मनाङमा सक्रिय संक्रमितको संख्या शून्य छ ।

निर्देशनालयको विवरण अनुसार सक्रिय संक्रमितमध्य ३ हजार ८६८ जना होम आइसोलेसनमा छन् । ति मध्य कास्कीमा ३ हजार २९९ जना, नवलपुरका २१४, तनहुँका २०१, गोरखाका ९०, पर्वतका ५४ र बाग्लुङका १० जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ४७३ जनामा गरिएको पिसिआर परीक्षणमा गण्डकी प्रदेशका ११९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । जसमा कास्कीका मात्रै ५९ जना छन् । यस्तै लमजुङका २१, बाग्लुङका १८, गोरखाका ७, तनहुँका ६, म्याग्दीका ३, पर्वत र मुस्ताङका २–२ र स्याङ्जाका एक जना संक्रमित थपिएका हुन् । थपिएकामध्य ८० जना पुरुष र ३९ जना महिला छन् । सोही अवधीमा कोरोना संक्रमणबाट पोखराका ३ जनाको मृत्यु भएको छ । भने एक जना कोरोनामुक्त भएका छन् ।

निर्देशनालयका अनुसार हालसम्म प्रदेशभर १२ हजार ५९८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । ति मध्य ७ हजार २९२ जना निको भएका छन् भने कारोनाबाट ज्यान गुमाउनेको संख्या १६६ पुगेको विवरणमा उल्लेख छ ।

अहिलेसम्म प्रदेशमा एक लाख ११ हजार ६३ जनाको पिसिआर परीक्षण गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।