कोभिड १९ को रोकथाम, नियन्त्रण र सचेतनामा शुरु देखि नै लागिरहेको नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका वडा नं। ७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालय र पोखरा माहानगर पालिका वडा नं। २४ कास्कीकोटलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।
नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका वडा नं। ७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालयलाई कोभिड १९ को विषम् परिस्थितिमा पनि विद्यालय सञ्चालन गरि अध्ययन अध्यापन गरिरेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर शिक्षण कार्य गर्न माक्स, सेनिटाइजर, स्प्रे बोतल, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल ग्लोबस्, पकेट सेनिटाइजर, थर्मल गन डिउरा सेल ब्याट्री लगाएतका स्वास्थ्य सुरक्षाका समग्रीहरु आईतबार प्रदान गरेको छ । आईतबार एक कार्यक्रमकाबीच नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा। किसन कोइरालाले विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आशबहादुर वि।क र प्रधानाध्यापक चुडामणी भण्डारीलाई संयुक्त रुपमा हस्तान्तरण गरे ।
सामग्रीहरु हस्तान्तरण गर्दै देवकोटाले पिछडीएको समुदाय, र विपन्न वर्गलाई नै सहयोग गर्नु नै नेलम्वोको उद्धेश्य रहेकाले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।
विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष आशबहादुर वि।कले नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्रीहरु उपलब्ध गराएर गरीव तथा विपन्न विद्यार्थीलाई अध्ययनका लागि वातावरण बनाई दिएको भन्दै धन्यवाद दिए ।
आईतबारै नेलम्वो नेपालले पोखरा महानगर पालिका वडा नं। २४ कास्की कोटमा पनि डिस्पोजिवल माक्स, के।एन ९५ माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटायजर स्ट्याड, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल ग्लोब्स, थर्मल गन, डिउरासेल ब्याट्री लगाएतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा। किसन कोइराले पोखरा महानगर पालिका वडा नं। २४ वडा सचिव कुश्मराज सुवेदीलाई हस्तान्तरण गरे ।
कार्यक्रममा बोल्दै वडा सचिव कुस्मराज सुवेदीले नेलम्बो नेपालको कोभिड १९ सम्बन्धी सहयोग चारैतिर गरेको समाचार पढ्ने गरेको र आाईतबार आफ्नै कार्यालयको प्राङ्गणमा आफुले ग्रहण गर्न पाउँदा खुशी लागेको र उपलब्ध स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने प्रतिबद्धता जनाए ।
नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले नेलम्बो नेपाल शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै गाईरहेको र कोभिड १९ को महामारीमा पनि स्वास्थ्य सुरक्षाका सामग्रहरु, खाद्यान्यका सामग्रीहरु र सचेतनाका कार्यहरु गर्दै आइरको बताए ।
जनप्रिय आधारभूत विद्यालय धम्पुसमा रु १२ हजार ४९० र पोखरा महानगर पालिका वडा नं। २४ कास्कीकोटलाई रु २५ हजार ७९० गरी जम्मा रु ३८ हजार २८० रुपैया बरावरको स्वास्थ्य सुरक्षाका समग्रहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जन सम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







