चिकित्सकमाथि भएको हातपातप्रति अफिनको आपत्ती


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०७७ मा प्रकाशित




सांकेतिक फोटो

गोरखा । चिकित्सकमाथि भएको हातपात प्रति निजि स्वास्थ्य संस्थाहरुको संगठन एसोसियसन अफ प्राइभेट हेल्थ इन्टीच्यूट (अफिन) गण्डकीले आपत्ती जनाएको छ ।

अस्पतालमा भर्ना भएकी एक महिला शौचालय जाँदा लडेको विषलाई लिएर बिरामीका आफन्तले अस्पतालका दुई जना चिकित्सकमाथि हातपात गरेको घटनाप्रति अफिन गण्डकीका सचिव ऋषि खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तीमार्फत आपत्ती जनाइएको हो ।


गत २० गते गोरखा अस्पतालमा भर्ना भएकी सृष्टि बानियाँ कुवरले सोही दिन बच्चा जन्माएकी र बिरामी कुरुवाको सहयोगमा शौचालय जाने क्रममा लडेको विषयलाई लिएर बिरामीका आफन्तले अस्पतालका चिकित्सक द्वय चिकित्सक डा. सन्दिप श्रेष्ठ र डा. गणेश श्रेष्ठ सहितका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेका थिए ।

अफिन गण्डकीले सो कार्यलाई भअमर्यादीत र अमानविय कार्य भन्दै सो घटनाको विज्ञप्ती मार्फत आपत्ती जनाएको छ ।


बिरामीको सेवामा समर्पित चिकित्सकहरुलाई भएको अमानविय र असभ्य कार्यमा संलग्नलाई कडा कारवाही गर्न सम्बन्धीत निकायलाई अफिनले विज्ञप्ती मार्फत माग गरेको छ ।


कोभिड-१९ ले विश्व लगायत नेपाली समाज समेत आक्रान्त भइरहेको बेला २४ सै घण्टा उपचार सेवामा कटिवद्ध र उर्जाशिल भई काम गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोवल उच्च बनाउन पर्नेमा उल्टै कुटपिट जस्ता कार्यले समाज कतातिर गइरहेको यस तर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराउँदै कानुनी कारवाहीका लागि विज्ञप्ती मार्फत माग गरिएको छ ।


यस्तो छ घटना विवरण
:-


गोरखाकी सृष्टी गत मंसिर २० गते बिहान ३ः१५ मा अस्पताल भर्ना भएकी थिइन् । उनले सोही दिन बिहान ६ः४४ मा बच्चा जन्माइन् । सोही दिन उनी बिरामी कुरुवा महिलाको सहयोगमा शौचालय जाँदा लडेकी थिइन् । उनलाई बिरामी कुरुवा र अस्पतालका स्वास्थ्यकर्मीले उठाएर आवश्यक उपचार थालेका थिए ।


शौचालय जाँदा लडेको विषयलाई लिएर सृष्टिका श्रीमान् देवेन्द्रजंग कुवरले मान्छे उठाएर ल्याएको चिकित्सकमाथि हातपात गरेको अफिनले विज्ञप्तीमा उल्लेख गरेको छ । सृष्टीका श्रीमान्सहितका उत्तेजित समुहले सो अस्पतालको लापरवाही भन्दै चिकित्सकद्वय माथि हातपात गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।