पोखरामा कोरोनाबाट थप ४ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

पोखरा। कोरोना संक्रमणबाट पोखरामा थप ४ जनाको मृत्यु भएको छ । पोखराका विभिन्न अस्पतालमा उपचाररत उनीहरुको उपचारकै क्रममा पछिल्लो २४ घण्टामा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।


संक्रमणबाट पोखरा १३ का ७७ वर्षिय पुुरुषको गएराती १ ः१५ बजे मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमणको पुष्टि भएका थियो ।


यस्तै फिस्टेल अस्पतालमा उपचररत पोखरा १६ का ५९ वर्षिय महिलाको आज बिहान ५ः२० बजे उपचारका क्रममा मृत्यु भएको छ । गत मंसिर १७ गते कोरोना संक्रमित उनी संक्रमित भएकी थिइन् ।


त्यसैगरि गण्डकी मेडिकल कलेजमा उपचाररत दुई जना संक्रमित पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा १४ का ७४ वर्षिय संक्रमित बृद्धको हिजो साँझ ७ः२५ बजे मृत्यु भएको हो । उनमा मंसिर १७ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।


अर्का पोखरा १५ का ६७ वर्षिय पुरुषको आज बिहान ४ः२० बजे मृत्यु भएको छ । उनमा मंसिर २१ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।


यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।