पोखरा । गण्डकी प्रदेशमा बुुधबार ५३ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधीमा ९६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयका अनुसार आज कास्कीका ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका ९, लमजुङका ८, तनहुँका ५, स्याङ्जा र म्याग्दीका २—२ र गोरखाका १ जनामा कोरोना संक्रमण पाइएको हो ।
उनीहरु मध्य ५८ जना पुरुष र ३८ जना महिला हुन् ।
हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमण हुनेको संख्या १२ हजार ९७६ पुगेको छ । यस्तै ७ हजार ५६१ निको भएका छन् । कोरोनाबाट १७६ जनाको मृत्यु भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ४ जनको मृत्यु भएको छ ।
अब प्रदेशमा ५ हजार २३९ सक्रिय संक्रमित आइसोलेसनमा छन् । ती मध्य ४ हजार १८२ जना होम आइसोलेसनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







