पोखरा । कोरोना संक्रमणबाट पोखराका ३ सहित गण्डकी प्रदेशमा थप ४ जनाको मृत्यु भएको छ ।
संक्रमणबाट पोखरा महानगरपालिकाको वडा नं १०, १३ र ७ का ३ जना पुरुष र तनहुँको शुक्लागण्डकी नगरपालिका–८ का एक पुरुषको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
निर्देशनालयका अनुसार संक्रमणबाट पोखरा– १० का ८१ वर्षिय बृद्धको मणिपाल शिक्षण अस्पतालमा गएराती मृत्यु भएको छ । गत मंसिर २० गते संक्रमणको पुष्टि भएका उनको गएराती ३ बजे मृत्यु भएको हो ।
यस्तै पोखरा–१३ का ५१ वर्षिय पुरुषको मंसिर २४ गते बिहान ५ः२५ बजे मृत्यु भएको छ । यही १९ गतेको कोरोना संक्रमित भएका उनको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरि चरक मेमोरियल अस्पतालमा उपचाररत पोखरा–७ का ६५ वर्षिय पुरुषको बुधबार साँझ ७ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमण पाइएको थियो ।
सोही अस्पतालमा उपचाररत शुक्लागण्डकी–८ का ७४ वर्षिय बृद्धको बिहीबार बिहान ३ ः१५ बजे मृत्यु भएको छ । उनमा मंसिर २२ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । नेपाल हवाई खेलकुद संस्था (ना) को अध्यक्षमा माधव तिवारी निर्वाचित…






