पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा प्रदेशका थप ५६ जनामा कोरोना संक्रमणको पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले शुक्रबार दिउँसो सार्वजनिक गरेको कोभिड १९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यस्तो जानकारी दिएको हो ।
प्रदेशमा थपिएका संक्रमित मध्य कास्कीका ४० , लमजुङका ८, स्याङ्जाका ४, गोरखाका २, बाग्लुङ र म्याग्दीका एक—एक जना छन् ।
४८३ जनामा गरिएको पिसिआर परीक्षणमा ३८ पुरुष र १८ महिलामा संक्रमण पाइएको हो ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या १३ हजार १३५ पुगेको छ । यस्तै ७ हजार ५९६ जना संक्रमणमुक्त भएका छन् ।
अब प्रदेशभर सक्रिय संक्रमितको संख्या ५ हजार ३५८ छ । ती मध्य ४ हजार १३७ जना होम आइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा एक जना कोरोना संक्रमितका ज्यान गुमेको छ । यो सहित प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १८१ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







