गण्डकी प्रदेशमा ३८० नमुना परीक्षण गर्दा , ११६ जनामा कोरोना संक्रमण पुष्टि

- कास्कीका ६९ जनामा कोरोना, प्रदेशभर कोरोनाबाट १८२ को मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा प्रदेशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
निर्देशनालयले शनिबार साँझ कोभिड–१९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यसको जानकारी गराएको हो ।
३८० जनामा गरिएको पिसिआर परीक्षणमा ५९ पुरुष र ५७ महिला थपिएका हुन । आज थपिनेमध्य सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा आज ६९ जनमा कोरोना संक्रमण पाइएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका २३, तनहुँका १८, पर्वतका २, स्याङ्जा, बाग्लुङ, लमजुङ र गोरखाका एक–एक जना छन् ।

योसहित प्रदेशभर हालसम्म कोरोना संक्रमण हुनेको संख्या १३ हजार २५१ पुगेको छ । त्यसमध्य ७ हजार ६९८ जना कोरोनामुक्त भएका छन् ।

अब प्रदेशभर ५ हजार ३७१ जना सक्रिय संक्रमित छन् । जसमा ४ हजार १३७ जना होम आइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधिक विवरणमा भनिएको छ ।

सबैभन्दा बढी कास्कीका ३ हजार ८ सय, गोरखामा ५२९, तनहुँमा ३८६, पर्वतमा १५३, बाग्लुङमा १३८, नवलपुर वर्दघाट सुस्ता पूर्वमा ११७, स्याङ्जामा ४३, म्याग्दीमा २९, मुस्ताङमा ६ र मनाङमा सक्रिय संक्रमितको संख्या शून्य छ ।
त्यसैगरि प्रदेशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै कास्कीको अन्नपूर्ण गाउँपालिकाका एक पुरुषको मृत्यु भएको छ ।

हालसम्म कोरोनाबाट कास्कीका १०२, नवलपुर वर्दघाट सुस्ता पूर्वका २०, तनहुँका १९, स्याङ्जाका १३, बाग्लुङका ८, लमजुङका ५, पर्वत र म्याग्दीका ३–३ जनाको मृत्यु भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।