कोरोनाबाट पोखराकी ७४ वर्षिया बृद्धाको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित




पोखरा । कोरोना संक्रमणका कारण पोखराकी ७४ वर्षिय बृद्धाको मृत्यु भएको छ ।

पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की बृद्धाको शनिबार राती ८ः४० मा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।

उनमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।