नेपाली कांग्रेस कास्कीले आज पोखरामा प्रदर्शन गर्दैछ । आज दिउँसो ११ः३० बजे हुने प्रदर्शनको तयारी पूरा भएको नेपाली कांग्रेस कास्कीले जनाएको छ । कास्की कांग्रेसले वडा तहदेखि नै प्रदर्शन केन्द्रीत भएर तयारी गरिएको बताएको छ ।
कास्की कांग्रेसका सभापति कृष्ण केसीले प्रदर्शनमा सहभागी हुन पार्टीका सम्पूर्ण क्रियाशील सदस्य, भातृ तथा शुभेच्छुक संघ संस्था, बुद्विजीवी, उद्योगी व्यवसायीलाई आव्हान गरेका छन् ।पार्टीको मंशिर २९ गतेको देशव्यापी प्रदर्शन अन्तर्गत पोखरामा वीपी चोकबाट प्रदर्शन शुरु हुने कास्की काँग्रेसका प्रवत्ता नवीन सिग्देलले जानकारी दिए । प्रदर्शन महेन्द्रपुल हुँदै पृथ्वीचोकमा पुगेर विरोध सभामा परीणत हुने छ ।
कास्की काँग्रेसले प्रदर्शनका सहभागीलाई अनिवार्य मास्क लगाउन, बेला बेलामा सेनिटाइजर प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ ।विरोध सभालाई नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री अर्जुन नरसिंह केसीले सम्बोधन गर्ने कार्यक्रम छ ।
काँग्रेसले सरकारको अधिनायकवादी चिन्तन, व्यवहार, बेथिति र बढ्दो भ्रष्टाचार विरुद्व ७७ जिल्लामा नै प्रदर्शन गर्दैछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


खौलालाँकुरी पोखरा सम्पर्क समाजले छोरेपाटनस्थित मानव सेवा आश्रममा आश्रितलाई खाना सहयोग गरेको…





