नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री वितरण


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




नेलम्बो नेपालले आईतबार दुई छुट्टा छुट्टै कार्यक्रम गरेर स्वास्थ्य सामग्र वितरण गरेको छ । नेलम्बो नेपालले आईतबार पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कवि शिरोमणी लेखनाथ आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको श्री अमर सिद्ध नमुना माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।
नेलम्बो नेपालले आईतबार पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा शिक्षण कार्यमा सहजता होस् भनेर मास्क,, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल मास्क, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हात धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरेको हो । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक गुरुप्रसाद मैनाली र वडा अध्यक्ष पूर्णकुमार गुरुङ्गलाई हस्तान्तरण गरे ।
उक्त कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विद्यालय संञ्चालनान सहजता आओस् र कोरोना संक्रमण नफैलियोस् भनेर नेलम्बो नेपालले स्वास्थ्य सामग्री वितरण गरेको बताए ।
आईतबार नेलम्बो नेपालले पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको श्री अमरसिद्ध नमुना माध्यमिक विद्यालयलाई पनि स्वास्थ्य सुरक्षाका सामग्रीहरु माक्स, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स, डिस्पोजिवल माक्स, फेस सिल्ड, डिस्पोजिवल ग्लोब्स, हाज धुने साबुन लगायतका स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद पौडेल र पोखरा महानगर पालिका वडा नम्बर ३१ का वडा अध्यक्ष कमलबहादुर थापालाई हस्तान्तरण गरे ।
आईतबार श्री कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा रु १९,४२०।– र श्री अमर सिद्ध नमुना माध्यमिक विद्यालयमा रु २०, ४३०।– गरि जम्मा रु ३९,८५०।– रुपैया बरावरको स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।