गण्डकी प्रदेशमा १५६१ कोरोना संक्रमित आइसोलेसनमा


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ५६१ मा झरेको छ ।

पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण र ५ जना कोरोनामुक्त भएसंगै सक्रिय संक्रमितको संख्या १५६१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार सोमबार २१२ जनामा गरिएको परीक्षणमा ५८ पुरुष र ३० जना महिलामा संक्रमण पुष्टि भएको हो ।

यो सहित प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको १३ हजार ४२१ पुगेको छ । यस्तै ११ हजार ६७६ कोरोनामुक्त भएका छन् ।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट ज्यान गमाउनेको संख्या १८४ पुगेको छ ।
प्रदेशका सक्रिय संक्रमित मध्य १३९१ जना होम आइसोलेसनमा रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।