मंगलबार गण्डकी प्रदेशका ५२ जना कोरोना मुक्त


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०७७ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा मंगलबार थप ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । सोही अवधिमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

४३५ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो ।

आज थपिनेमा कास्कीका ७४, लमजुङका १६, तनहुँका ६ र बाग्लुङका ५ जना छन् । थपिएका मध्य ६८ पुरुष र ३३ महिला हुन् ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या १३ हजार ५२२ पुगेको छ भने ११ हजार ७२८ जना कोरोनामुक्त भएका छन् ।

अब प्रदेशभर एक हजार ६१० जना सक्रिय संक्रमित छन् । ती मध्य एक हजार ५०९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

हालसम्म प्रदेशभर कोरोना संक्रमणबाट १८४ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।