पोखरा । पोखराका २० सहित गण्डकी प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीको पोखरा महानगरपालिकाका विभिन्न वडाका २० जना र तनहुुँको व्यास नगरपालिका वडा नं १ का २ जना र तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं ३ का एक जनामा कोरोना संक्रमण पाइएको छ ।
लाइफ केयर एण्ड डायग्नोष्टि प्रा.लि. पोखरामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको हो ।
हालसम्म प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १३ हजार ५४५ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







