पोखरा । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या १३ हजार ५५४ पुगेको छ ।
पछिल्लो क्रममा प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित हुनेको संख्या बढेको हो ।
पछिल्लो क्रममा थपिनेमध्य कास्कीको पोखरा महानगरपालिकाका ६, तनहुँका २ र पर्वतको बिहादीका १ जनामा कोरोना संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पोखराका संक्रमितमध्य वडा नं १० का ३, १३ का २, र २८ का एक जना छन् । यस्तै तनहुँको शुक्लागण्डकी ८ र बन्दिपुर गाउँपालिका ५ का दुई जना र पर्वतको बिहादी ४ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले विज्ञप्ती मार्फत जनाएको छ ।
उनीहरु मध्य ५ जना महिला र ४ जना पुरुष हुन् । संक्रमितहरु ३१ वर्षदेखी ७८ वर्षसम्म का छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भुक्तान गरिरहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी…







